यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Monday, May 18, 2009

श्रीमती लुना र उनको लोग्ने पाउल

नयाँ ठाउँको परिबेश हरेक पक्षले सोचनिय हुन्छ। संसारको हरेकमुलुकसँग आफ्नै खालको चलन र संस्कार हुन्छ। त्यही संस्कारले मनिसलाई हरेक कुरामा अव्यस्त गराउदो रहेछ। त्यसैले होला हरेक समाज आफ्नै संस्कारले पोशित हुन्छ र आफ्नो संस्कारलाई प्राण भन्दा पनि ठूलो मान्ने कारण। मानिसको जन्म भएदेखि उसको संस्कार सुरु हुन्छ र आफुले जान्ने नहुँदा परिवारले र आफु जान्ने भए पछी आँफैले आफ्नो संस्कारलाई मान्दै अगाडि बढ्छ।
म अमेरिकाको भर्जिनिया स्टेटको फल्स चर्चको एउटा सानो बस्तीमा आफुलाई नौलो ठाउँको पारीबेशमा अव्यस्त गराउदै थिए। अमेरिका जानु अगाडि मेरो थुप्रै जिज्ञासाहरुको उतर बाँकी थियो। आफुलाई नौलो सामाजिक पारीबेशमा ढाल्न कत्तीको सक्छु, म त्यसको प्रयोगमै थिए। म जुन घरमा बस्थे त्यसैको छेउमा अर्को घर थियो। मेरो नयाँ ठाउँको, नयाँ समाजको बिल्कुल नयाँ छिमेकी। गएको पर्सी पल्ट मात्र मलाई थाह भयोकी त्यो घरमा पनि कोही बस्दो रहेछ। नत्र प्राय सुन्सान सडक,शान्त र बिना होहल्लाको बस्ती त्यो, रातको बेला झ्याउकिरीको आवाजले कता कता म अमेरिकामा हैन, नेपालको चारकोशे झाडीमा हराएको त छैन जस्तो हुन्थ्यो। केही समय निकै अत्यास लाग्यो मलाई त्यो बिना हल्लाको, बिना कोलाहलको बस्ती। शायद बिना हल्ला र बिना कोलाहाल मेरो संस्कार थिएन, निकै गाह्रो होला जस्तो भयो मलाई केही समय। तर नयाँ परेबेशमा आफुलाई ढाल्नै पर्ने थियो र केही समयमा त्यो नयाँ बातावरणपनि मेरो बानी पर्ला भनेर चित्त बुझाउनु बाहेक मेरो लागि कुनै उपाए सुझाएको थिइन।
म मेरी श्रीमती र छोरी घरमै बसेर दिनभरी जस्तो कोठाहरु मिलाउदैमा फुर्सद थिएन। न त कुनै छिमेकिसँग परिचयनै भएको थियो। के गर्नु, घरमै बसेर नयाँ नयाँ कुराहरुको बारेमा परिवारसँग छलफल गरेरै गयो २, ३ दिन त। कुनै नौलो मानिस घरको बहिरबाट हिंडेको देख्दा,हामी झ्यालबाट उस्लाई हेरेर बसिन्थ्यो।
हामी घरको काममा त्यो दिनपनि बिहानै लागेका थियौ, हाम्रो घरको ढोकाको बेल बज्यो। म त कल्लिङ बेलको आवाजले एक पटक अलमल्ल परे, के गरुम के गरुम जस्तो भयो। हामी तीन जनानै ढोका खोल्न गयौ। करण हामीलाई कस्ले चिन्छ र यहाँ? अनी को हुन सक्छ? यस्तै सोचेको थिए मैले। फेरी नयाँ मानिससँग बोल्न र उसको बारेमा जान्न हामीलाई निन्तान्तै नौलो थियो। मैले ढोका खोले।
"I think you guys are new here " एक जना बुढी, लगभग ८० बर्षकी सफा र हसिली आईमाई हामीलाई सोध्दै थिएन। मैले हो भने। उनीलाई भित्र आउन भने तर आउन मानिनन् । तिनीले आफू पल्लो घरमा बस्ने कुरा बताइन। हामीलाई खुशी लाग्यो तपाईंसँग भेट भएर भने मैले। धरै बेर कुरा गरिन त्यी बुदी आमाले। कुरै कुरामा थाह भयो, उनी लुना रहेछिन र उनी आफ्नो लोग्ने पाउलसंग पल्लो घरमा बस्दिरहेछिन। पाउल अमेरिकन कम्पनीका अबकाश प्राप्त कल्र्क रहेछन। श्रीमती लुना ८२ बर्ष र उनको पाउल उनी भन्दा ८ बर्ष जेठो रहेछन्। कुरै कुरामा थाह भयो उनी दमको रोगी र पाउल मुटुको रोगी रहेछन। पाउलको मुटुमा pacemaker राखेको पनि १४ बर्ष भएछ र हिजो आज उनी बाथको रोगले ग्रस्त रहेछन्। यही बिचमा मैले उनलाई धेरै पटक भित्र आउन आग्रह गरे तर उनले मानिनन् । उनले हामी नयाँ भएकोले, आफ्नो घरमा आउन र उनी सँग बोल्न कुनै आपत्ती नहुने र यसो गरेमा उनी र उनको लोग्ने पाउल समेत खुशी हुने कुरा बाताइन र बिदा भईन।
त्यो समय यता हामी काममा व्यथ रहयौ। छोरीको स्कूल, मेरो र श्रीमतीको जागिर निकै कुदाकुद भयो। हामी काममा जादा र कामबाट फर्किदा श्रीमती लुना र पाउलसँग उसको घर अगाडि भेट हुन्थ्यो र हामी उनीहरुसँग झ्याम्मिएका थियौ। मेरो छोरीलाई उनीहरु एकदमै माया गर्थे र छोरीपनि उनीहरुसँग खुब रमाउथिन। हरेक पटक भेटहुँदा छोरीलाई चक्लेट वा केही कुरा दिने भएर पनि होला, मेरो छोरी अनेक बहानामा उनको घरमा जान हुरुक्कै गर्थी। यही बिचमा हामीले त्यी जोडीलाई खाना खान बोलायौ र हामीपनि उनीहरुकोमा गयौ। राम्रो सम्बन्ध भयो उनको र हाम्रो परिवारको बिचमा। श्रीमती लुना अली बढी बोल्ने र बढी फरासिली लाग्थ्यो मलाई किनकी पाउल त्यती बढी नबोल्ने र धेरै जस्तो आफ्नो दुखेको धोडा थिचेर बस्ने गर्थे। जे होस उनीहरु यो समय काट्नलाई अनेकन उपाए गर्थे, बुढा बुढी बाहिर बसेर खुब गन्थन गरीरहेका हुन्थे।
एकदिन म बेलुका चाडै घर आएर घर अगाडिको लामो भएको घाँस काट्ने तर्खरमा थिए, श्रीमती लुना र पाउलको गाडी आयो। उनको घरको पार्ककिङमा गाडी रोकेर दुबै जना गाडीबाट ओर्लिए। श्रीमती लुना र पाउलको अनुहारमा नजानिदो मुस्कान थियो त्यो दिन। मलाई जिज्ञाशा लाग्यो त्यो खुशीको बारेमा बुझ्न तर सोध्न सकिन। श्रीमती लुना मेरो नजिकै आईन र भनिन्:
"You know!! we have good news today!!" मैले सुन्नमन लगेको कुरा बाताए।
"Today we bought cemetery land for us, it expansive but very nice" म त एकछिन अकमक्क परे। महंगो तर राम्रो चिहान किनेको कुरा? कता मैले श्रीमती लुनाको ईंग्लिश त बुझिन? आँफैलाई प्रश्न गरे। श्रीमती लुना भन्दै थिईन, उनीहरुलाई जिबन भरी सगै दु:ख सुख बाडेर, हासेर बिताएको समय, मरे पछी छुट्टीनु पर्ने पो होकी भने ठुलो पिर रहेछ। आजै उनीहरु आफु मरे पछी आफ्नो स्थान पक्का गरेर आफुलाई राख्ने चिहानको [cemetery (from Greek κοιμητήριον: sleeping place)]लागि जग्गा किनेर आएका रहेछन। श्रीमती लुना भन्दै थीइन अब भोली उनीहरु मरेपछी लगाउने नयाँ कपडा किन्न जाने रे। म केही पनि बोल्न सकिन। बिगत कयौ दिनबाट यि जोडी केही कुरामा हतार भए जस्तो, अझै केही गर्न बाँकी भए जस्तो लग्थ्यो। म चुपचाप उनको कुरालाई सुन्दै गए, हो मा हो मात्र मिलाउदै गए। श्रीमती लुनाको कुरा सुन्दै पाउल गाडीको ढोकामा बसेर मन्द मुस्कानको साथ टाउको हल्लाउदै थिए। मैले यो भन्दा अगाडि पाउलको अनुहारमा यस्तो मुस्कान कहिल्यैपनि देखेको थिएन।
मैले त्यो बेलुका खानापनि खान सकिन, धेरै बेर श्रीमती लुना र पाउलको अनुहार मेरो अगाडि आयो, उनीहरुको अनुहारको मुस्कानले कता कता मलाई पिडा भयो। कस्तो सहजसँग मृत्‍युलाई लिएका छन् यिनीहरु, कस्तो मृत्‍युको पूर्व तयारी। सायद संस्कार। सहज जिबन र सहज मृत्‍युको कारण हुनसन्छ यिनीहरु मृत्‍युको यो तयारीमा अव्यस्त । बेलुका मेरी श्रीमतीलाई यो कुरा भने , निकै बेर उनी पनि केही बोल्न सकिनन्। हामी चुपचाप सोच्दै थियौ मृत्‍युलाई स्वीकार गर्न कती गाह्रो काम हो तर श्रीमती लुना र पाउल............छोरी भोली आइतबार श्रीमती लुनाकोमा जान्छु है भन्दै थीईन ...............
»»  पुरै पढ्नुहोस

रिमिक्स: सिहँ र खरायोको कथा- मुर्ख खरायो

एउटा कथा सुन्नु भएको छ? हामी सानो हुँदा खुब मज्जा लिएर पढियो नि, कक्षा ३ मा हो कि ४ मा याद भएन मलाई। सिहँ र खरायोको कथा।
खुब आतंक थियो त्यो जङलमा,सिहँको तनाशाही खुब चलेको थियो। हरेक दिनमा एक जना सिहँको आहरा बन्न जानु पर्ने। जान पनि ठीक समयमा जानु पर्ने,ढिलो भयो भने राजा रिसाउने र गाह्रो हुने रहेछ। यो क्रम लामो समय सम्म चल्यो। खुब दु:ख पाए जङलका जनवारहरुले। सुत्नु भन्दा पहिला आफ्नो पालो कहिले पर्ने हो गन्नु पर्ने र पालो परेको दिनमा आफ्नो परिवारसँग बिदा भएर, मन भरी अनेकौ पिडा लिएर मृत्‍युको मुखमा जानु पर्ने। एक एक गर्दै सबै जङलका प्राणीहरु सकिदै गए, हरेक जनवारको घरमा आफ्नो परिवारको सदस्य बिछोडको पिडाको रोदन थियो।
त्यस्तैमा एकदिन पालो आयो खरायोको। सदा झै त्यो दिन खरायोलाईपनि खुब पिडा भयो। आफ्नो परिवारसँग बिदा भयो र सिहँको आहारा बन्नको लागि निस्कियो। अब फेरी आफ्नो परिवारसँग कहिले पनि भेट हुँदैन, खुब रोए बिचरा खरायोहरु। तर नगैइकन सुख थिएन। खरायो बिस्तारै सिहँको दरबारतिर लाग्यो। उसको पाइला चल्न मानेको थिएन, बिस्तारै बिस्तारै हिंडेर गयो खरायो।
उता सिहँ भोकले खुब आत्तिएको थियो। समयमा खरायो नआएकोले खुब रिसाएर बसेको थियो। खरायो पनि टुप्लुक्क आईपुग्यो। खरायो ढिलो गरी आएको देखेर सिहँ गर्जेर खरायो माथि करायो। "तलाई नाथे खरायो.... तलाई थाहा छैन मलाई भोक लागेकोकुरा? चाडै आउनु पर्दैन? मुर्ख खरायो। अब म तलाई एकै गासमा खाइदिन्छु ल तयार भो।"
खरायो थर्थर्ती काप्यो बिचरा अनी बिस्तारै काप्दै भन्यो: " महाराज म त चाडै नै हिंडेको हो घरबाट तर बाटोमा तपाईं जस्तै अर्को सिहँ भेट भयो। उसले आफुलाई यो जङलको महाराज भएको कुरा गर्‍यो। मलाई धरै बेर सम्म बाटोमा रोकेर राख्यो र तपाईंलाई यो जङलको राजा नभएको कुरा गर्‍यो। म त बल्ल बल्ल उम्केर आए। एउटा जङलमा कसरी दुई जना राजा हुन सक्छ? म यो कुरा सोधेर आउछु भनेर उम्केर आएको हो महाराज।"
खरायोको कुरा सुनेर सिहँ बेस्करी रिसायो। को हो त्यो ? म हुँदाहुँदै कस्ले भन्यो त्यो राजा भनेर? ल हिड र मलाई देखा त्यो नाथे सिहँलाई म पहिला त्यसलाई खत्तम गर्छु अनी तलाई खान्छु। खरायोले हस् भन्यो र हिड्यो। खरायोको पछि पछि लाग्यो सिहँ। पर पुगे पछी,जङलको छेउमा रहेको ईनार तिर देखाउदै खरायोले भन्यो " महाराज तपाईं जस्तै अर्को सिहँ त्यो ईनार भित्र बसेको छ एकपटक आँफैले हेर्नुस् त" सिहँले बेस्करी गर्जदै, ईनार भित्र हेर्यो। बिल्कुल खरायोले भने जस्तो ईनार भित्र पानीमा लुकेर बसेको अर्को सिहँलाई देखेर महाराज सिहँ बेस्करी हास्यो।।।।।।।।।।। हा।। हा।। हा।। हा..... अनी खरायोको घाटी समातेर बेस्करी करायो। तलाई नाथे खरायो कक्षा तीनमा पढेको कथा सुनाएर मलाई झुक्काउने.......बिचरा खरायो फेरी मुर्ख भयो।
समय अनुसार आफुलाई परिमार्जन(अद्याबधिक) गर्न नजान्दा र आफ्नो दुस्मनलाई नजरअन्दाज गर्दा बिचरा खरायो सधै दु:खको चपेटामा पर्ने गरेको छ। सबै लाई चेतना भया...............

»»  पुरै पढ्नुहोस

Monday, May 4, 2009

तपाईंको काम छैन? ब्लगिङ गर्नुस

आज अलिक फरक कुरा गर्न मन लाग्यो तर आफै बाट सुरु गरुम है। ब्लगिङको क्षेत्रमा म पुरानो हैन,तर आज ब्लगिङ गर्ने साथीहरुको पेजमा जब म पुग्छु, म एउटा साझा ब्लगरहरुको जमात पाउछु। एकले अर्कालाई अनुसरण गर्ने अनी कुनै लेख वा कसैको बिचारमा आफ्नो बिचार दिने ठुलो जमात। आफ्नो कुनै बिचार राखिसकेपछी, आफ्नो विचारमा अरुको बिचार कस्तो छ, आएका कमेन्टहरु पढ्न मज्जा आउछ। कुनै पनि ब्लगमा भएको कमेन्टहरु आलिक बढी ध्यान दिएर हेरिन्छ, आफुले कमेन्ट लेक्नुपर्दा समेत अरुको कमेन्टहरुमा आँखा लगाएर, अरुको बिचारसँग सन्तुलित प्रकारको बिचार राखेको मैले पाएको छु। कमेन्टहरुको बिकल्पले वास्तवमा कुनै पनि ब्लगर वा ब्लगलाई जिबन्त राखेको हुन्छ। सोभाबिकरुपमा आफुले लेखेको र आफ्नो बिचारमा कस्को कस्तो बिचार छ, जान्न मन लाग्छ र आफ्नो बिचारमा अर्काको बिचार भुझ्दा,अझै बढी लेखु वा अझै राम्रो कुराको प्रस्तुती दिन मन लाग्नु सोभाबिक हुदो रहेछ। आफ्नो ब्लगको ढाचा र बनौट,रङ र बास्तुलाई सधैं अरुको भन्दा नराम्रो र कम परिमार्जित देखिनुले पनि सधैं राम्रो गरु र आफ्नो ब्लगलाई सुन्दर बनाउ जस्तो हुदो रहेछ। ब्लग वास्तवमा आफ्नो बिचार, आफ्नो साथी वा भनु आफ्नो सर्कलको सामुन्ने राख्ने सजिलो तरिका हो, यसमा कुनै दुई मत हुन सक्दैन, यसको मतलब के ब्लग आफ्नो लागि हैन त? सधैं कुनै समाचार, कुनै घटना क्रमलाई जान्न वा भनु आफुलाई एकै थालोबाट संसारलाई चिहाउने तरिका वा भनु आफुलाई दुरुस्त राख्ने माध्यम पनि त हो ब्लग।
हामी ईन्टरनेटमा बस्ने बित्तिकै सबै भन्दा पहिला कुन वेब साइट हेर्छौ? हामीले न्युनतम कुन कुन साइट एक पटक हेरेरै छोड्छौ? हाम्रो आन्तिम हेराइ कुन कुन साइडमा हुन्छ? यो प्रश्न म आफैलाई गर्ने गर्छु। यो सबै कुरा आफुसँग उप्लब्ध समयमा भर पर्छ। बढी समय छ भने हामी ईन्टरनेटको दुनियामा कता पुग्छौ आफैलाई थाह हुँदैन, हेर्दै जादा कता कता पुगिन्छ कि कहिलेकाँही आँफैले खोलेको पेज आँफैले झट्ट बन्द गर्नु पर्ने हुन्छ। तर तपाईसँग समय छैन वा भनु ब्यस्त हुनु हुन्छ भने के गर्नु हुन्छ? सोभबिक हो हामी कुनै सिमित साइट मात्र हेर्छौ, जस्तोकी इ-मैल, एकाद समाचार मूलक साइट अनी आफ्नो बिषय अनुसारको आफुलाई दुरुस्त राख्नु पर्ने जर्नलहरु बस। यि सबै कुराको एकै ठाँउमा लिन्क राखेर, आफ्नो साथीहरुको बिचार अनी आफ्नो बिचार साटासाटगर्ने ठाउँ पनि त होनी ब्लग र ब्लगिङ। बिचारको परिमार्जन र ज्ञानलाई अझ बढी मस्काउने र दुरुस्त राक्ने ठाउँ हैन र ब्लग ?
म आफन्तबाट टाढा रहेको बेला, निरास भएको बेला समेत साथीहरुको ब्लग चिहाउदा र आफ्नो ब्लगमा साथीहरुको उपस्थितीले मलाई आनन्दको अनुभूती हुन्छ। निरास भएको बेला म ब्लगमै कयौ चोटि हासेको पनि छु। के मुस्कान र सानो खित्का छोडेर हास्ने मौका हैन र ब्लग अनी ब्लगिङ?
प्रसँग गतहप्ताको हो। फेसबूक मार्फत मेरो एक जना मित्रले मेरो ईमेलमा पठाएको सन्देशको हो। मैले ब्लग लेखेको देखेर वा भनु मैले आफ्नो कुराहरु राखेको देखेर मलाई सुजाउदै हुनुहुन्थ्यो कि "ब्लग त काम नपाएका, अबकाश पाएका मान्छे, पत्रकारहरुले मात्र गर्ने कुरा हो। तिमी किन गर्दै छौ थाह भएन।" म एक चोटि झसँग भए। तर मलाई थाहा छ,यो कामबाट मलाई कतिको आनन्द मिलेको छ। मेरो परिवारबाट टाढा भएको बेला, मेरो मनको कुरा सँगालेर राख्ने जिबन्त दस्ताबेद भएको छ ब्लग। सबै भन्दा ठुलो कुरा म बौद्दिक जमातको घेरामा छु, म बिचार र भाबनाको कदर गर्ने यस्तो समाजमा पसेको छु जो बिरलै पाईन्छ। म सधैं रेस्टूरेन्टमा गएर, प्रयोगशालामा लागेर वा बियरको चुस्कीमा रमेर नपाउने आनन्द र एक्लो पनको साथी पाएको छु ब्लग र ब्लगिङ मार्फत ।।।मेरो साथीलाई चेतना भया ................

»»  पुरै पढ्नुहोस

Saturday, May 2, 2009

एक पटक सुन्नुस त यो। मलाई त राम्रो लाग्यो है

जापानमा आजबाट गोल्डेन वीक सुरु भयो। लगभग १ हप्ताको बिदा हुन्छ यो बेलामा। बर्खरै मात्र जापानमा पनि swine फ्लु देखा परेको हल्लाले बजार तातेको छ। यो गोल्डेन वीकको सुरुवात, किन नहोस घरबाटै सुरु गरुम जस्तो लाग्यो। अनी आज यसो you tube तिर लागे। यो गोल्डेन वीकको समय म , मेरो ठाउँ भन्दा बाहिर बिदा मनाउन जाने तयारीमा छु तर हेरौ के हुन्छ, कसो हुन्छ, यो Swine फ्लु ले के गर्छ। यसो बिचार गर्दा त्यती जागर चाँही लागेको छैन। फेरी मेरो गृह मन्त्रालयको मन्जुरी लिन गाह्रो भएको छ।
त्यसो त मलाई पाश्चतय संगीत त्यती मन पर्दैन। एकदमै कम सुन्छु। प्रस्ट भन्नु पर्दा, एकदमै हल्ला गरे जस्तो, नोइज भए जस्तो लाग्ने। तर धेरै कर्ण प्रीय गीतहरु पनि छन् है छनत। जेहोस म कम मात्र English गीतहरु सुन्ने मान्छे आज भने बडो मज्जा लिए यो गीतबाट।मलाई त शब्द पनि राम्रो लाग्यो । हेर्नुस् त तपाईंलाई कस्तो लाग्छ? अनी आफ्नो बिचार लेख्न नभुल्नुस है।
»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला