सिलसिलालाई केही हप्ता अगाडिबाट जोड्न खोजेँ मैले जब साथीहरुले हिमाल खबर पत्रिकाको एउटा समाचारसगैको फोटोलाई फेसबुकमा घकेल्नु भयो। कुरा ठीकै थियो, मेरो पनि साह्रै चित्त बुझ्यो र यसै क्रममा फेसबुकमै निकै साथीहरुको बिचार पनि पठ्न पाइयो। कुरा फोटोहरुकै हो फेरि पनि, फोटो सगै जीवन बोल्छ र केही भनी रहनु पर्दैन। हजारौ अवसरहरुको खोजीमा, कहिले आउने हो हाम्रो पालो भनेरे कुर्दा कुर्दै कहिले होला अवसरले हामीलाई खोज्ने? अझ भनौ कहिले होला हामीले अबसरको निर्माण गर्ने ? भन्ने जस्ता प्रश्नहरुको उत्तर निकै कठिन छ र यस्तो यथार्थ नियतिका बीच, हामी कहिलेसम्म अल्झने हो ? फरक फरक देखिने यी फोटोहरुलाई एकमुष्ट रुपमा हेर्दा कहिले होला हाम्रा भन्नेहरुलाई चेतना पलाउने जस्तो लाग्छ। दोष र गुन अनि दोषी र गुनीको बारेमा बहस गाह्रो होला किनकी यसमा मेरो पनि हात छ। जे होस यी तस्बिरहरुको प्रसङ्ग फरक छन् तर मूल मर्मले केही त पक्कै भन्छ.............
रोजगारीका लागि पालो कुरेर बस्दै गर्दा: राती १ बजे देशका महान मान्छेहरु न्यानो बिस्तरामा सुतेकै होलान् वा बियरसगै बिश्वकपको मज्जा लिदै होलान् तर रंगशाला बाहिर मेरो देश यसरी सुतिरहेको छ.....
आफू सगै हजारौ सपना भाच्यिएको मेरो देश.(यस फोटोको बारेमा अझै केही लेख्ने आटनै गर्दिन म)।।।
हजारौ सपनाहरु भाचिदै गर्दा पनि अझ केही गर्न सक्छौँ हामी, हामीलाई हाम्रै ठाँउमा “गरी खान देऊ”।
यस अन्तिम तस्बिरले अनेकौ प्रसङ्गसग अनेकौ अर्थ राख्छ र निकै सम्भावनाका साथ जोडेर हेर्न पक्कै सकिन्छ। यहाँ देश सुतेको छ भनौ भने, यहाँ जस्तो होहल्ला सायदै कहीँ कतै होला र यहाँ देश जाग्राम छ भनौ भने यहाँ जस्तो सन्नाटा कहीँ कतै सायदै होला। म पनि फेरि भन्छु, कर्म त प्रकृतिकै गुण हो.....मलाई पनि मेरै ठाउँमा........ गरी खान देऊ।
न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।
कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥ ............सबैलाई चेतना भया।
तस्बिर स्रोतहरु: