यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Saturday, May 21, 2011

बिधार्थीलाई फेलनै गर्न हुँदैन....

परीक्षा चल्दै गर्दा, हाइड्रोजन ग्याँस बनाउनु पर्ने प्रयोगमा मेरो कक्षामा एक जनाको हात glass tube ले काट्यो र परीक्षा दिनै नसक्ने गरि बाहिर गएको बिधार्थीको सबै भन्दा बढी नम्बर आयो।

 

परीक्षा चल्दै थियो, जुन प्रयोग पनि गर्न नसक्ने भए पछि, परीक्षकले परीक्षा हलबाट बाहिर निकालिदिए। आफूसँग टिउसन पढेको नाममा त्यही कलेजको मास्टरको दबाबमा पुन परीक्षा दिन लगाइयो। सबै भन्दा रमाइलो त रिजल्ट आएर नम्बर हेर्दा पो थियो. छक्क परियो।

 

परीक्षा चलिरहेको थियो प्राक्टिकलको। ल्बाबमा परिक्षा दिनेहरुको बीचमा मैले बनाएको डेरिभेटिभ कक्षा भरि नमुनाको रुपमा देखाईयो र मलाइ हौसाला दिईयो। सबैले मेरो प्रसंसा गरे। त्यती जेहनदार हैन तर कमजोर बिधार्थी म थिइन मेरो ब्याजमा। बुबा बिरामी भएर केही दिन सैद्धान्तिक कक्षामा उपस्थित हुन नसकेको कारण बीच, त्यसै समयको हाजिर पुस्तिका हेरेरै नम्बर दिईएछ। मैले शिक्षकलाई पछि सोधेको थिए र मैले यो उत्तर उहाकै मुखबाट सुनेको थिए।

 

“मेरो Theory कक्षामा तिमी केही दिन उपस्थित रहेनछौ त्यसै भएर तिम्रो राम्रो नम्बर आएन।“ थेउरी र प्राक्टिकल परीक्षा फरक कुरा हो। जसको आ-आफ्नै प्रक्रिया छन् र समय पनि फरक हुने गर्छ। उनै Theory परीक्षामा अझै सम्मको सबै भन्दा बढी नम्बर ल्याउने भित्र परे तर उही Theory कक्षामा ३ दिन उपस्थित हुन नसक्दा र राम्रो गर्दा गर्दै पनि कम नम्बर ल्याएर आज सम्म पनि त्यसको असर भोगिरहेको छु। तर ठीक छ, जो मूल्याङ्कन गरियो त्यसैले बाच्न र काम गर्न पुगेको छ। कुनै गुनासो छैन। म बाट पनि गल्ती भएकै होला तर मूल्याङ्कनको नियत ठीक हैन भन्ने मेरो धारणा मात्र हो। यी प्रतिनिधि उदाहरण जो हामीले सगै र सधैँ भोग्दै आएको कुरा हुन्। आफ्नै अगाडि, आफ्नै आँखाको अगाडि यस्तो हुन्छ भने लेखेर दिएको उत्तर पुस्तिका कहाँ गयो, कसले हेर्यो र कसरी मेरो मूल्याङ्कन भयो भन्ने जान्न पाउनु बिधार्थीको अधिकार हो भन्ने कुरामा मेरो सहमत छ।

 

फेरि नयाँ समाचार सगै, सबै विद्धानहरुले यो टीयूको जटिल प्रक्रिया हो भनेर आफू बच्न र टार्न खोजेको देखेर कता कता खतरा देख्दै छु। बर्ष भरी खर्च गरेर गाउँबाट काठमान्डू झरेर पेसेवर भएर पढेको बिधार्थीको नम्बर ०१ आए पछि कति मन दुख्यो; अनुमान लगाउन सकिन्छ। जुन दिन बिधार्थीहरु कक्षामा कुनै कारणले आएनन् भने, त्यही दिन पठाएको प्रश्न निकालेर दु:ख दिने। Theory को कक्षामा उपस्थित हाजिर पुस्तिका हेरेर, प्राक्टिकल परीक्षाको नम्बर निर्धारित गर्ने मैले पनि देखेको छु। आफूसगँ टिउसन पढ्नेलाई बढी नम्बर दिने, राम्री केटी देखे बढी नम्बर दिने जस्तो काम तल्लो तह देखिनै जो कोहीले पनि भोगेका हुन्। गोलमाल र मनोमानी, माथि देखि तल सम्म पृथक् पृथकरुपमा जारी छ। कुनै हद सम्म त मान्छेको व्यक्तिगत बानी र स्वभावले गर्दा पनि कलेज तह सम्म दुख पाएका छन् बिधार्थीहरुले। त्यसैले बिधार्थीहरुको परीक्षाको नतिजा आए पछि कलेज कलेजमा पठाउने मार्क सिट सहित उत्तरपुस्तिकाको प्रतिलिपि पनि सँगै पठाउनु पर्छ। बिधार्थीहरुको चरम चाप र हुन सक्ने आक्रमणलाई चाहिँ नजर अन्दाज गर्न सकिँदैन त्यसैले तत्काल नयाँ व्यवस्था गर्न जरुरी छ ।

 

यो सबै बीच, बिधार्थीहरुको नपढ्ने, नम्बरमात्र खोज्ने र पढ्ने समय भर राजनैतिक कार्यकर्ता भएर काम गर्ने काम चाहिँ TU का शिक्षक र TU आफैले केही गर्न नसक्ने कुरा हो। राजनीतिकै लागी बर्षौ एउटै तहमा बसेर कोटा ओगटेर बस्ने नेताहरूको पनि कमी छैन। सोच्न जरुरी छ।

 

मेरो बिचारमा कुनै पनि बिधार्थीलाई फैलने गर्न हुदैन। सबैलाई उसले गरेको कामको आधारमा ग्रेडिङ् गरेर A, B,C,D… क, ख, ग आदि को आधारमा पास गरिदिनु पर्छ। जो सचेत छ र मेहनत गर्छ उसले राम्रो ग्रेडिङ् लिएर बजारमा जान्छ र राम्रो काम गर्छ। जो अल्छि र राम्रो गर्न सक्दैन उसले नराम्रो ग्रेडिङ् लिएर बजारमा जान्छ। मानौँ मेरो कुनै कम्पनी छ र मलाई “D” ग्रेडिङ् पाएको बिधार्थीले काम चल्छ भने मैले किन “A” पाएको बिधार्थीलाई लिएर बढी लगानी गर्ने? सबै खालका मान्छेको आवश्यकता छ समाजमा र सबै जेहनदार हुँदैनन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन। फेरि मेरो कम्पनीमा “A” मात्र पाएको मान्छेले काम चल्छ र? उसले गरेको मेहनत र कामको आधारमा जीवन बाच्न र चलाउन पाउनु उसको अधिकार हो। यदि “A” भएन भने दुख पाउन सक्छु भन्ने कुरा सबैले बुझ्छन् नै।

 

नयाँ समाचारसँगै बिधार्थीहरुले आफ्नो कपी हेर्न पाउने अदालतको निर्णयले यसको राम्रो सुरुवात गरेको छ। अस्तव्यस्त बीच यो निर्णय कसरी लागू गर्न सकिन्छ वा सकिदैन, केही समय कुरेर बस्नु पर्छ। यो जटिल प्रक्रियामा सबै बिधार्थी र शिक्षकहरूले TU लाई समय सापेक्ष सहयोग पनि गर्न जरुरी छ। किनकी TU हाम्रै विश्वविद्यालय हो, यसको इज्जत हाम्रो इज्जत हो। यसको अ-ब्यबस्थाले हाम्रो डिग्री माथि प्रश्न उठ्ने छ। हामीले आफ्नो विश्वविद्यालयको बेइज्जत हुन दिनु हुँदैन। सबै कुरा मिलाएर जान जरुरी छ र कसैलाई नराम्रो नहोस् चेतना भया..

 

नागरिक न्यूज केशब भाई र सबैलाई मेरो तर्फबाट बधाई र शुभकामना ।

तश्बिर स्रोत: nagriknews.com

»»  पुरै पढ्नुहोस

Sunday, May 8, 2011

४५, ६०, ९७, १०० र ८२ का कुरा ३५ सम्म

हेर्दा हेर्दै आधा जीवन गएछ। जीवनमा पछाडि फर्केर हेर्दा सोच्छु, अहिले म सँग जे छ त्यो सहित मेरो उमेर अहिले २० वर्षको भएको भए सायद जीवन रमाइलो हुन्थ्यो होला। समयले निकै चाँडो कोल्टे फेर्दो रहेछ। हिजो सम्म बढ्दो उमेरकै छु जस्तो लाग्थ्यो, अब घट्दो जस्तो लागेको छ। मेरा बाजे बराजुहरू निकै लामो समय बाँचेको मान्छु म। लगभग सबै जसो नब्बेको हाराहारीमा तर उनैको सन्तान म यस्तो होला भनेर कहिले पनि सोच्न सक्दिन।

 

फेसबुकमा एकजना गुरुले निकै पुराना स्कूले जीवनका फोटोहरू राख्‍नु भा थियो अलिक पहिले। फोटो हेर्दा निकै लुरे-लाङ्ग्रे लाग्यो। मेरो वजन पैँतालीस किलो भन्दा माथि कहिले पनि पुगेन स्कूल जीवन भर। तर स्कूल जीवन भर मलाई आफ्नो वजन कहिले पनि नाप्ने मौकानै मिलेन। यो पैँतालीस किलो भन्दा माथि नपुग्नाको अनुमान पनि मेरो आफ्नै खालको छ। SLC दिएर पाँच सात महिना घरमा केही तालिम लिएर बस्दै गर्दा, मामाले मलाई मोटाएको कुरा सुनाउनु भएको थियो। पढाइले निकै निचोरेको रहेछ बरा भान्जालाई, परीक्षा दिएर बसे पछि त पुष्ट मोटाएछन् भन्नु हुन्थ्यो। रिजल्ट आए पछि पोखरा झर्ने बित्तिकै महेन्द्रपुलको पारी फुटपाथमा राखेको, एक मोहर तिरेर वजन नाप्ने मेसिनमा बस्दा थाह पाए म पैँतालीस केजीको रहेछु। यसरी पुष्ट मोटाएको बेलामा त मेरो वजन पैँतालीस केजी रहेछ भने, स्कूल जीवन भरि कक्षा दश भन्दा नौमा र नौ भन्दा आठमा त पक्कै पनि मोटो थिइन होला। त्यसैले सहजै अनुमान लगाउन सकिने कुरा भो यो ।

 

कलेज सुरु गर्दै गर्दाका कथा अहिले म लेख्दिन बरु, मेरो वजनकै कुरा अझै । स्नातक तहबाटै मेरो वजनले नरोकीकन लगातार बढ्ने काम मात्रै गर्यौ। त्यसको पनि कारण छ। अनुमान लगाउनुस त के होला?

 

साथीहरुले एक दिन निकै मीठो हुन्छ भनेर खसीको हो भन्दै रागाको म:म खुवाईदिए। मलाई थाहै थिएन। म निकै चोखो बाहुन बन्नु पर्ने क्षेत्री, त्यसैले खसीकै होला भनेर निकै मीठो मानेरै खाईयो। त्यस्तै एक दिन साँच्चिकै खसीको मम खाने ठाउँमा साथीहरूले लगेँ। तर मलाई त्यो दिन अगाडि खाएको म:म भन्दा निकै खल्लो लाग्यो।(कुरा बुझ्नु भो नि?) मैले सोधेँ साथीलाई, “हैन हो केटाहो, यो अस्तिको म:म भन्दा निकै खल्लो-खल्लो छ त?” साथीहरू निकै हाँसेँ। मुर्दारहरू क्यार्न हास्या छौ हे? भन्दै थिए, अर्को एक जना साथीले फ्यासै भनिदियो। लौ भो अब... पहिलो पटक जातनै फालिएछ जस्तो लागेको थियो। तर त्यो सोच लामो समय रहेन मनमा। मीठो त छोड्ने कुरै भएन, सबै खाजा र नास्ता भुलेर लागियो दिनको कम्तीमा पनि एक-दुई प्लेट म:म खान। खुब खाइयो म:म। अब म:मको यो कथा सँगै स:म को कुरा चाहिँ नगरुँ क्यार सिधै। कुरा बुझ्नुस है..। अब म:म र स:म दुवै सुरु भए पछि वजनले त्यस बेला देखिनै ६० नाघिसकेको थियो।

 

घरबाट आउने तलब त थिदै थियो, बाँकी यसो टिउसन पढाएर आउने रकमले निकै मोज गरियो त्यो समय ताका। मान्छे जाँच्ने डाक्टर बन्ने झोक सबै एउटीको नाममा सेती नदीमै फालेर मान्छे नजाँच्ने डाक्टर बन्ने झोक पनि त्यसै बेला चल्यो। सत्य!! सत्य!! त्यो चाहीँ म:म र स:मको झोक चाहिँ हैन है। डाक्टर भन्दा अरूसँग बिहेनै नगर्ने केही साथीहरूको ताल देखेर, पढ्ने मौका पाउँदा पाउँदै पनि पढिएन। भित्री कुरा हो, खुस्स भने है यहाँ नेर...यो भन्दा बढी भेटेकै बेलामा भनुँला...

 

डिग्री पढ्दा पढ्दै त मेरो वजनले नब्बे काट्यो। टुप्पी कसेर पढ्यो, कहीँ हिड्नु छैन, दौडनु छैन, कलेजमा क्लास लिएर आए पछि घरमा अनि सिधैँ हुनेगरी खायो, फुस्स मोटायो। यो मोटाउने क्रम बढ्दै गर्दा, बिदेशमा पढाई गर्दाको समयको बीचमा सन्तानब्बे पुग्यो। डाक्टरले निकै झपार्यो। जापानी डाक्टरले नै झपार्ने भने पछि के हालत होला। मैले भने, सेन्सेई सन्तानब्बे त पुग्यो अब सय पुगेर झर्छु हुन्न? मेरो घरमा फोन गरेर कुरा लगाई दिन्छु भनेर ठट्टा गर्दै थिए डाक्टर साहेव।

 

जे होला होला, एउटा धोको पनि पुरा हुन्छ भनेर मैले कुरै सुनिन। एकाध महिना पछि ठ्याक्ककै सय पुगियो। सय पुगेको उपलक्ष्यमा फेरि केही केजी थपियो बेलुका। सय पुगेको थाह भएकै बेलामा कलेजको मेडिकल जाँच गर्ने बेला आयो। एक हप्ता पछि रिपोर्ट बुझ्न जाँदा त डाक्टर साहेब रागाको जत्रो गर्धन बनाएर बसेका। रिपोर्टको कुरा त केही रहेनछ, निकै खुसी लाग्यो। जाँच गर्नु पहिले गरिने साधारण नाप तौलको विषयलाई लिएर सय केजी वजन देखेर पो रहेछ त उनी फुलेका। निकै लामो लैक्चर सुनियो त्यसपाली। सबै कुरा थाह भएकै हो, वास्तवमा कसलाई थाह हुँदैन र? यो त मेरो योजना थियो। बेलुका घरमा आए पछि भने त्यसै साँझ देखी दौडियो र खाने कुरामा निकै मेहनत गरियो। लगभग ३-४ महिनाको अन्तराल पछि ८२ केजीमा झरेँ। निकै मेहनत गरेँ। त्यसै बीचमा केही समय बिदामा घर जाने भाको, सबैले कस्तो दुब्लाएछ बरै भन्दै .. ओहो अब के चाहियो? हसुर्न सम्म हसुरियो त्यस पछि के भो भन्दिन है.. यसरी ४५, ६०, ९७, १००  र ८२ का कुराहरु सकियो। यो सबै गर्न र भोग्न ३५ बर्ष लागेछ। एउटा कथा आफ्नै,।। बीचका मापनहरुभने मैले त्यती ख्याल गरिन त्यसैले लेखिन है ।

 

यस मानेमा मेरो जीवनशैली अहिले सम्म अनुशासित रहेन तर योजनाबद्ध भने रहयो। एक प्रकारले हेल्चक्राई गरेर बाँचेको जीवन। तरकारी किन्न भनेर जाने, आउने बेलामा थैलो भरी मासु र मासुका परिकार बोकेर फर्कने शैली निकै लामो समय चल्यो। मासु र तेल भन्दा खानु केही छैन। दूध दहीको त कुरै नगरुँ। खाए पनि सबै रसायन मिसाएको भन्दा केही पाईने र खाईने हैन। यस्तो जीवन शैलीमा बाच्ने र बाच्न बाध्य हामीले अब यो भन्दा बढी के नै हुने छ र? त्यस माथि मानसिक दबाबको त कुरै भएन। तनाव र बाध्यताको जीवन शैलीमा हुर्केर बढेका हामीले अबको बाकी समय कसरी जिउने भन्ने सोच्नु पर्ने छ।

 

मोज मस्ती गर्ने एउटा समय र उमेर हुन्छ जीवनको। यसै बीचमा उमेर सँगै गरिने र भोगिने जीवन-लिलाको मोज र आनन्द सांसारिक जीवनको एउटा महत्वपुर्ण पाटो हो। जीवन योजनाबद्ध हुँदा रमाइलो हुन्छ सायद। अहिले सम्म योजनामा चलेको छु, बाकी जीवन अर्कै रूपमा अझै योजनाबद्ध र अनुशासित भएर बाच्नु छ। अहिले सम्म कामले र दामले मामका लागि दबाब दिएको छ र यसरी दबाब र दौडधूपले कमाएको मामले कुनै पनि बेला शरीरका अँग र त्यसको संगतमा रहेको रोगलाई उत्प्रेरकमय दबाब दिन थाल्यो भने, सायद निकै गाह्रो हुन्छ धान्न र थाम्न... चेतना भया

»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला