यो पृष्टमा हार्दिक स्वागत छ। मनलाई बुझौं, खुलेर कुरा गरौं र परिवर्तन आफैबाट सुरु गरौं। चेतना शक्ति हो जो कहिलै मर्दैन.

Friday, April 3, 2015

मृत्यु हाम्रो हातमा छैन तर पनि उत्सवमय छ!!!!!!!

मान्छेहरू जीवन बाचेर मरिन्छ भन्छन् तर मरेर बाचेको पत्तै छैन। बाँचेको छु भन्दा भन्दै हजारौं पटक मरेको थाह नपाउने मान्छे, अन्तिम मृत्युलाई जीवनको अन्तिम बिन्दु मानेर दौडिएको छ। कसरी बाँचेको छ र कसरी बाँच्ने भन्दा पनि मरेको थाहै नपाउने एनेस्थेसियाको भरमा बाँचेको भ्रम पालिरहेको छ। आफ्नो वर्तमानलाई वास्तै नगरी भविष्यको आशामा कुद्दै योजना बनाउने...
»»  पुरै पढ्नुहोस

Tuesday, September 18, 2012

फेसबुक- पुराण

“फेसबुकको एउटा चर्तिकला यहाँ पनि राखेको थिए.... जब जब कुनै चाड पर्व आउँछ वा आउँन लाग्छ आजकल पात्रो हेर्ने नपर्ने भएको छ। इजरायलमा रहेकी मेरी एक जना फेसबुकले साथीले एक महिना अगाडि बाटै दर खाने कार्यक्रम र तीजको शुभकामना दिएर तीज आउँदै छ भन्ने संकेत अगाडिनै दिएकी थिइन। नेपाली होस वा विदेशीको बाबुको मुख हेर्ने दिन वा आमाको मुख हेर्ने दिन होस फेसबुकका भित्ताहरू बाबुलाई शुभकामना दिनेहरूको भीड बेस्करी हुन्छ। “happy father day” “You...
»»  पुरै पढ्नुहोस

Thursday, August 9, 2012

चियो चर्चा

म बस्ने घरको नजिकै एउटा अमेरिकन परिवार बस्छ। हिजो उसको घरमा बेलुका भोजको निम्तो आयो। सोफामा खाली ठाउँहरू खोज्दै जाँदा म त्यही टेबुलको नजिकै बस्न पुगेँ। भोज खादै गर्दा म बसेको नजिकै टेबुलमा ह्वीस्की, रम र ब्रान्डीका बोतलहरू थुप्रेँ थिए र त्यसै टेबुल नजिकै बसेर खाना खाएँ। त्यसै बीच मेरो मोबाइलमा ट्याङ्ग घण्टी बज्यो फेसबुकको। वल्लो र पल्लो घरको नाताले बीसौं बर्ष छिमेकी भएर बसेको रत्‍ने दाजुले पठाउनु भएको अनुरोध रहेछ। मुस्स हाँसे,...
»»  पुरै पढ्नुहोस

Saturday, July 28, 2012

मकै, कोइला र दिदी-बहिनी..

उनीहरूले जानेकै त्यही, बाटोको छेउमा मकै पोलेर बेच्ने काम। सानो छदै बाबु मरेकाले उनीहरूले बाबुको अनुहार त्यति याद गर्न सक्दैनन्। आमाले दुईटी छोरीलाई पाल्नका लागी बानेश्वर सडक पेटी रोजिन् र सधैँ मकै पोलेर बेच्ने गरिन्। छोरीहरू सँगै हुन्थे र उनीहरूलाई काखैमा राखेर मकै र नुन-खुर्सानीको चटनी बेचेर निकै लामो समय गुजारिन् उनले। समय निकै लामो भयो, आमा बुढी हुँदै गईन् र छोरीहरू हुर्किदैं गए। धूलो र धुवाँले बर्षौ देखि खिइँदै आएकी उनीहरूकी...
»»  पुरै पढ्नुहोस

Friday, June 29, 2012

पढ्न पनि नपर्ने, गर्न पनि नपर्ने……

सधैँ ट्याक्टर चलाएर फोहोर उठाउन आउने पोडे कान्छाको ट्याक्टर, आफ्ना हेड मास्टर बाबुले सधैँ चढ्ने साईकल भन्दा ठूलो र सानदार लाग्ने भएकोले उसले सानै देखि ट्याक्टर चलाउने सपना देख्‍थ्यो। यही बहनामा कहिलै होमवोर्क पनि गरेन। पढेर ठूलो मान्छे बन्नु भनेको साईकल नै त चढ्नु रहेछ, यही बुझ्यो उसले सानै देखि। पढ्नु पर्छ, पढे राम्रो हुन्छ नत्र उ त्यो फोहोर उठाउन हिँड्ने जस्तो बनिन्छ भनेर सधैँ  उसकी आमा कराउथिन्। नगरपालिकाको टोपी, टल्कने...
»»  पुरै पढ्नुहोस

Monday, June 18, 2012

ल भन्नुस् के देख्‍नु भो यो फोटोमा नौलो ?

आज केही पनि नभनीकन एउटा कुरा सोध्छु। करिब एक बर्ष अगाडि मैले यो फोटो लिएको थिएँ। यो फोटो लिनको एउटा कारण छ। पहिले यो फोटो हेर्नुहोस् अनि भन्नु होला के देख्‍नु भयो त? यो फोटोमा के त्यस्तो अनौठो, नौलो, भिन्न वा कुनै भिन्न बस्तु देख्नु भयो वा हजुरलाई के लाग्यो लेख्‍नु होला।   फोटो ठूलो बनाएर हेर्न फोटोमा क्लिक गर्नु होला।   ...
»»  पुरै पढ्नुहोस

Wednesday, June 13, 2012

सडकमा स्कूल बसहरुः

हाम्रोमा सडक दुर्घटना ज्यादै बढी छ। सडकको अवस्था, देशको भौगोलिक अवस्था, ट्राफिक नियम, बनेको कानुन व्यवस्था, सामाजिक चेतना आदि इत्यादि सबैको बराबरी योगदान छन्। देशको सामाजिक सुरक्षा सँग यातायात प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। समाज चल्न र जीवन्त रहन राज्यले यातायातलाई निकै महत्वका साथ हेरिरहेको हुन्छ बिकसित देशहरूमा। सार्वजनिक बस, ट्रेन, टेक्सी,...
»»  पुरै पढ्नुहोस

Tuesday, May 15, 2012

बुद्ध जन्मेर मात्र शान्ति र सगरमाथा हुँदैमा हामी ठूला हुँदैनौ

आज भन्दा १५० बर्ष पहिले जातीय राज्य बनाउन सम्भावना थियो तर त्यसो गरिएन। यदी त्यस बेला जातीय राज्य बनाएको भए, जातीय राज्यबाट वाक्क भएर अहिलेको आन्दोलन जातीय राज्य विरुद्ध छेडिने थियो होला। किनकी हामी हाम्रा सामाजिक सार, एकता र संरचनालाई भत्काउनु नै आन्दोलन वा क्रान्ति भनिरहेका छौ। भइरहेको र चलिरहेको संरचना भत्काएर समाजमा परिवर्तन हुँदैन। समाजको संरचना भत्काउन सजिलो छ तर बनाउन एउटा युग कुर्नु पर्छ। सामाजिक संरचना भत्काएर नयाँ बनाउने...
»»  पुरै पढ्नुहोस

Tuesday, April 10, 2012

यान्त्रिक जीवन मेरो/हाम्रो कथा

केही घटनाहरूः #सारी लगाएको कहिलै देखेको थिइन। अग्ली पातलो शरीर र मसिनो अनुहार लाली र गहनासँग राम्री नै देखिदो रहेछ। मेरो घरको सामुन्ने राजमार्गसँग जोडिएको, पहाड खोपेर आधा घर ढिस्को भित्र पसालेर बनाएको अग्लो घरमा म पनि थिएँ। भान्सा घर र बैठक कोठा जोडिएको थियो। सुर्यको प्रकाश आउने कुरै भएन। म उनको बुबा भाइ र दाई बसिरहेको कोठामा थिएँ। उनकी...
»»  पुरै पढ्नुहोस

Wednesday, March 21, 2012

SLC दिँदै गरेका सबै जनालाई

SLC दिँदै गरेका सबै जनालाई हार्दिक शुभकामना। हाम्रो जस्तो बर्ष भरी पढेको कुरा सबै सम्झेर एकै दिनमा अझै तीन घण्टामा सम्झेर उत्तर दिनु पर्ने र त्यसैको आधारमा बिधार्थीहरुको मूल्याङ्कन गरिने ठाउँमा निकै चनाखो हुन जरुरी छ। परीक्षा भनेको के हो भनेर गहिरसँग सोच्यो भने वास्तवमा यो कुनै मुटुको धड्कन नाप्ने तरिका हैन, हाम्रो आँखाले कति टाढा सम्म देख्न...
»»  पुरै पढ्नुहोस

Tuesday, February 28, 2012

जीवन सापट छैन। एउटा सारांश सत्य कथा!!

उ गोरखामा पक्रिएर थुनामा राख्दा, पोखरामा उनको हत्याको समाचार छापियो। राज्यले उनको हत्या गरिएको छैन भनेर चोखिनैको लागि उनलाई सार्वजनिक गर्‍यो र एउटा असहज मृत्युलाई जित्यो उसले। पोखरा पृथ्वीनारायण क्याम्पसमा कार्यक्रम हुँदै गर्दा सुरक्षा कर्मीहरूले लखेटेर  क्यान्टिन नजिकको सेती नदीमा हाम फाल्न बाध्य पारियो  र फेरि उसको मृत्यु भयो...
»»  पुरै पढ्नुहोस

Tuesday, February 7, 2012

बादशाह र तुरूपको एक्का

सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म.. एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्। ...
»»  पुरै पढ्नुहोस

नेपालको समय

नेपाली पात्रो

ट्वीटरमा

दूर्जेय चेतनाको साथमा

दूर्जेय फेशबुक संजालमा

छिमेकीको घरमा

यहाँ आउनेहरु

हाम्रो दौतरी

Dautari

नेपाली भाषा ब्लग स‍ंजाल

 
इम्प्याक्ट फ्याक्टर

Disclaimer: If any copyrighted material is found , will be deleted immediately upon request.

फेरि फेरि पनि पाल्नु होला